ब्रिटेनका प्रधानमन्त्री सुनक पुगे अक्षरधाम मन्दिर, भने– मलाई हिन्दु हुनुमा गर्व छ

बिएल संवाददाता

नयाँदिल्ली

ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनक पत्नी अक्षता मूर्तिसँग आइतबार दिल्लीस्थित अक्षरधाम मन्दिर पुगेका छन्। 

स्वामीनारायण मन्दिरका मुख्य पुजारीले ऋषि र अक्षतालाई स्वागत गरेपछी पूजाका लागि मुख्य मन्दिरमा लगेका छन्।

प्रधानमन्त्री सुनक पत्नीसहित एकघण्टा मन्दिरमा बस्नेछन्। उनीहरूको सुरक्षाका लागि मन्दिरभित्र र बाहिर कडा व्यवस्था गरिएको छ।

अक्षरधाम पुगेपछि सुनकले भने, 'मलाई हिन्दु हुनुमा गर्व छ। म यसरी हुर्केको छु र म यस्तै छु। मैले रक्षा बन्धन मनाएँ। समय अभावले जन्माष्टमी मनाउन सकिनँ। तर मन्दिरमा गएपछि यसको क्षतिपूर्ति हुने आशा छ। यो विश्वास हो, जसले हामीलाई बल दिन्छ।'

प्रधानमन्त्री सुनक जी–२० शिखर सम्मेलनमा सहभागी हुन भारत आएका हुन्। ब्रिटेनकाे प्रधानमन्त्री बनेपछि उनी पहिलो भारत आएका हुन्।

प्रकाशित मिति: : 2023-09-10 07:46:00

प्रतिकृया दिनुहोस्