मनकामना मन्दिरको आँगनमा बत्ती बाल्ने घर बन्दै, स्थानीयको विरोध  

प्रसिद्ध शक्तिपीठ मनकामना मन्दिरको आँगनमा बत्ती बाल्ने घर बनाउन थालिएको छ।  झापा घर भएका भक्तजन र दानपेटिकाबाट प्राप्त रकमले बत्ती बाल्ने, होम हाल्ने र जुत्ता चप्पल राख्ने घर बनाउन लागिएको मनकामना क्षेत्र विकास समितिका अधिकृत लेविन्द्र गुरुङले जानकारी दिए।

मनकामना मन्दिरको आँगनमा घर बनाउन नहुने भनेर स्थानीयहरुले विरोध गरिरहेका छन्। तर मन्दिरमा होम हाल्ने घर नहुँदा भक्तजनलाइ समस्या भएको र अन्यत्र ठाउँ नपाएपछि आँगनमाबत्ती बाल्ने घर बनाउन थालिएको गुरुङले बताए।

पुरातत्व विभागसँग कुनै पनि समन्वय नगरी भक्तजनले बनाइदिन्छु भन्दैमा मन्दिरको आँगनमा संरचना बनाउन नहुने पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताइन।

प्रकाशित मिति: : 2023-09-07 20:55:00

प्रतिकृया दिनुहोस्