ग्रीसको आगलागीमा परी १८ आप्रवासीको मृत्यु भएको स्थानीयको दाबी

बिएल संवाददाता

एलेक्जेन्ड्रोपोली

ग्रीसको चारै दिशामा फैलिएको डढेलोमा परी थप १८ आप्रवासीको मृत्यु भएका स्थानीयले जनाएका छन्। 

शव फेला परेको एक दिनपछि स्थानीयले बुधबार उक्त क्षेत्र प्रवेश गर्ने प्रमुख नाका भएकाले थप व्यक्तिको पनि मृत्यु भएको आशङ्का व्यक्त गरेका छन्।

एभ्रोस प्रान्तका बोर्डर गार्डका प्रमुख भालान्टिस जियालामसले एएफपीसँग भन्नुभयो, “डाडिया जंगलमा आगलागी सुरु भएको स्थान आप्रवासी छिर्ने स्थान हो उक्त क्षेत्रमा डढेलोका कारण उद्धार प्रयासहरू प्रभावित भएका छन्। 

उनले भने, 'डढेलो लागेको समयमा आप्रवासीको चाप बढेको थियो। मेरो व्यक्तिगत आँकलन के हो भने आगो निभाउँदा र शव परीक्षण गर्दा अन्य मृत व्यक्तिहरू पनि फेला पर्न सक्छन्'

टर्कीको सीमा नजिकै रहेको ग्रीसको सबैभन्दा ठूलो शहर एलेक्जेन्ड्रोपोलिसको उत्तरमा रहेको एक ग्रामीण क्षेत्रमा रहेको झुपडीमा मङ्गलबार १६ जना पुरुष र दुई बालबालिका फेला परेको दमकल सेवाले जनाएको छ।

अग्नि नियन्त्रण विभागका प्रवक्ता यिआनिस आर्टोपियोसका अनुसार अधिकारीहरूले उनीहरू आप्रवासी भएको अनुमान गरेका छन् किनभने उनीहरूले फोनमा पठाइएको आपतकालीन चेतावनीको जवाफ दिएका थिएनन्।

प्रकाशित मिति: : 2023-08-24 05:28:00

प्रतिकृया दिनुहोस्