पाकिस्तानको संसद विघटन

Twitter/@PresidentofPakistan

पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्भीले बुधबार मध्यराति संसद विघटन गरेका छन्।

प्रधानमन्त्री शहबाज सरिफको सिफारिसमा राष्ट्रपति अल्भीले राष्ट्रिय सभा विघटन गरेका हुन्।

राष्ट्रपतिले संविधानको धारा ५८–१ बमोजिम राष्ट्रिय सभाको विघटन गरेकाे अधिकारीहरूले जनाएका छन्।

संसदको कार्यकाल १२ अगस्टमा समाप्त हुँदै थियो। तर राष्ट्रपति अल्भीले कार्यकाल नसकिँदै संसद विघटन गरे।

राष्ट्रिय सभा विघटनसँगै प्रधानमन्त्रीको मन्त्रिपरिषद् पनि विघटन भएको छ। तर कार्यवाहक प्रधानमन्त्री नियुक्त नभएसम्म शहबाज सरिफ पदमा रहनेछन्।

संसद विघटनपछि तीन दिनभित्र कार्यवाहक प्रधानमन्त्रीको चयन हुनेछ।

प्रकाशित मिति: : 2023-08-10 09:21:00

प्रतिकृया दिनुहोस्