सिङ्गापुरका राष्ट्रपतिद्वारा सामाजिक सद्भावलाई बलियो बनाउन आह्वान

सिङ्गापुरका राष्ट्रपति हलिमाह याकोबले सोमबार राष्ट्रका नाममा सन्देश दिँदै देशलाई अगाडि बढाउन थप लचिलो अर्थतन्त्र निर्माण गर्न र सामाजिक सद्भाव कायम गर्न आह्वान गरेकी छन्। 

उनले तीव्र प्राविधिक परिवर्तनबाट उत्पन्न हुने अभूतपूर्व चुनौतीहरूको बीचमा सिङ्गापुरको आर्थिक सफलता सुनिश्चित गर्न मूल्य थप्ने र संसारसँग  समयानुकूल रहन सक्ने क्षमतामा सुधार गर्न जोड दिएकी छन्। 

शहर प्रदेशमा सामाजिक गतिशीलता सुस्त हुँदै गएकामा चिन्ता व्यक्त गर्दै उनले शिक्षामा सुधार गर्न र उच्च आम्दानीको खाडल अन्त्य गर्ने प्रतिवद्धता आवश्यक रहेको बताएकी छन्।

उनले सिङ्गापुरका जनतालाई समृद्ध र विविधतायुक्त समाजको कदर गर्न आह्वान पनि गरेकी छन्।  विश्वभर जातिवाद र असहिष्णुता बढ्दै गएकामा उनले चिन्ता व्यक्त गरेकी छन्।

प्रकाशित मिति: : 2023-08-08 06:06:00

प्रतिकृया दिनुहोस्