पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो 

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

पेट्रोलियम पदार्थको मूल्य बढेको छ। 

नेपाल आयल निगमले पेट्रोलको मूल्यमा ९ रुपैयाँ, डिजेल र मट्टीतेलमा ७ रुपैयाँले बढाएको छ। 

भारतबाट मूल्य बढेर आएको कारण निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ भने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँले घटाएको छ। एलपी ग्यासको मूल्य १६६० कायम भएको छ। 

त्यसैगरी पेट्रोलको मूल्य पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२  र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ भने मट्टितेल र डिजेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रो वर्गमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ निर्धारित भएको छ। 

हेर्नुहोस् आयल निगमको सूचनाः

 

 

प्रकाशित मिति: : 2023-08-01 21:10:00

प्रतिकृया दिनुहोस्