म्यान्मारको सैन्य सरकारले घटायाे आङ सान सुकीको जेल सजाय

बिएल संवाददाता

रंगुन, म्यान्मार
File Photo
File Photo

म्यान्मारको सैन्य ‘जुन्ता’ सरकारले अपदस्थ नागरिक नेत्री आङ सान सुकीको जेल सजाय घटाएको छ।

सैन्य सरकारद्वारा सञ्चालित म्यावडी टेलिभिजनका अनुसार ‘जुन्ता’ अधिकारीहरूले सुकीविरुद्ध लगाइएका १९ मध्ये पाँचवटा अभियाेग उल्ट्याएका छन्।

सन् २०२१ को फेब्रुअरीमा म्यान्मारको तानाशाही सेनाले नेत्री सुकीलाई सत्ताच्युत गरेको थियो। सैनिक अदालतले उनलाई भ्रष्टाचार र अन्य अभियोगमा सन् २०२१ को डिसेम्बरदेखि ३३ वर्षको जेल सजाय सुनाएको छ।

दक्षिणपूर्वी एसियाली देश म्यान्मारकी सबैभन्दा लोकप्रिय र नोबेल शान्ति पुरस्कार विजेता सुकीलाई सैन्य सरकारले नजरबन्दमा राखेकाे छ।

प्रकाशित मिति: : 2023-08-01 14:17:00

प्रतिकृया दिनुहोस्