लक्ष्मी सनराइज बैंककाे एकीकृत बैंकिङ कारोबार आजदेखि

file photo
file photo

मर्ज भएका लक्ष्मी बैंक र सनराइज बैंकको नयाँ सञ्चालक तथा व्यवस्थापन टिम बनेको छ। 

बैंकले लक्ष्मी सनराइजकाे नामबाट शुक्रबारदेखि एकीकृत बैंकिङ कारोबार सुरु भएको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लक्ष्मी बैंकका अध्यक्ष रमन अध्यक्षमा चयन गरेको छ। भने, बैंक सञ्चालकतर्फ डा.मनिष थापा र स्वाति रुंगटा, बच्चाराज तातेड र मालचन्द दुगड छन्। 

यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजयविक्रम शाह छन् सार्वजनिक नयाँ व्यवस्थापन टिमको सिनियर डेपुटी सिइओ सुमेद भट्टराई छन्।  

बैंकको चिफ गर्भनेन्स अफिसरमा रोविनकुमार नेपाल, चिफ रिस्क अफिसरमा अपचकुमार यादव, चिफ बिजनेस अफिसरमा आरती राणा, चिफ अपरेटिङ अफिसर मनोहरराज उप्रेती छन्। 

इन्फ्रास्ट्रक्चर टुरिज्म हेडमा मनिषराज कुँवर, चिफ टेक्नोलोजी अफिसरमा जीवनप्रकाश लिम्बु , चिफ बिजनेस अफिसरमा राजीव सापकोटा ,चिफ रिटेल फाइनान्स सर्भिसमा दीपेश अमात्य, चिफ इन्टिग्रेटेड अफिसरमा भूपाल राई, चिफ फाइनान्सियल अफिसर पीयुषराज अर्याल र स्ट्राटेजिक मार्केटिङ एन्ड कम्युनिकेसनका हेड भारती पाण्डे रहेका छन्। 

प्रकाशित मिति: : 2023-07-14 17:20:00

प्रतिकृया दिनुहोस्