युगाण्डामा २ सैनिकसहित ४ जनाको हत्या

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

युगाण्डाको सेनाले सोमबार देशको उत्तरपूर्वी जिल्ला कोटिडोमा हतियारधारी गाईवस्तुहरू पाल्ने समूहले दुई सैनिकसहित चार जनाको हत्या गरेको जनाएको छ।

सेनाका सार्वजनिक सूचना अधिकारी मोसेस अमुयाले सिन्ह्वालाई टेलिफोनमा बताएअनुसार जिई जातीय समूहका लडाकूहरूले केको लोपुयो व्यापार केन्द्रमा एक जना कमाण्डर एक जना सिपाही र एक स्थानीय नेता र अर्का नागरिकको हत्या गरेका थिए।

संदिग्धहरू सिपाहीको बन्दुक लिएर भाग्न सफल भएको बताइएको छ।

उत्तरपूर्वी युगाण्डाको कारामोजा क्षेत्र परम्परागतरूपमा गाईवस्तु चराउने अभ्यासका लागि परिचित छ। गाईवस्तुले कारामोजोङ संस्कृति र अर्थतन्त्रमा केन्द्रीय महत्त्वपूर्ण भूमिका खेलेको बताइन्छ।

प्रकाशित मिति: : 2023-07-04 05:34:00

प्रतिकृया दिनुहोस्