हिंसाग्रस्त मणिपुर: आमा र छोरासहित तीन जनालाई जिउँदै जलाइयाे (भिडियाे)

जातीय हिंसा चर्किएपछि भारतीय पूर्वोत्तर राज्य मणिपुर हप्ताैँदेखि जलिरहेको छ।

अशान्त मणिपुरमा मैतेई र कुकी समुदायबीच द्वन्द्व निम्तिँदा राज्यभर हिंसा भड्किएको अधिकारीहरू बताउँछन्। मणिपुरमा हिंसा मच्चाइरहेको अराजक भीडले आइतबार आमा–छोरासहित दुई महिलालाई जिउँदै जलाएको छ।

स्थानीय मिडियाकाअनुसार मृतकहरूको खरानीबाट हड्डी मात्र लिकालिएको छ। जिउँदै जलाइनेमा ७ वर्षीया टोन्सिङ, उनकी आमा मिना ह्याङ्गिङ र अर्की महिला लिडिया लोरेम्बम रहेका छन्।

मणिपुरमा भएको जातीय हिंसामा परेर कम्तीमा ९८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। दङ्गाकारीहरूले घर, गाडी, गिर्जाघर र मन्दिरहरूमा हमला गरेका छन्।

दुई समूहबीच चलिरहेको जातीय हिंसा दिनप्रतिदिन उग्र बन्दै गइरहेको छ।

राज्यमा कानूनी व्यवस्था कायम राख्नका लागि एक महिनादेखि हजारौँ फौजलाई त्यहाँ पठाइएको छ। कैयौँ जिल्लामा कर्फ्यु लगाइएको छ र इन्टरनेट काटिएको छ।

प्रकाशित मिति: : 2023-06-08 07:34:00

प्रतिकृया दिनुहोस्