कुवेतको संसदमा विपक्षी दलको बहुमत, एक मात्र महिला निर्वाचित

फाइल तस्बिर
फाइल तस्बिर

कुवेतको संसदीय निर्वाचनमा विपक्षी दलले बहुमत प्राप्त गर्न सफल भएको छ।

एक दशकभन्दा बढी समयको अन्तरालमा भएको सातौँ आमनिर्वाचनमा विपक्षी दललाई बहुमत मिलेको हो। संसदमा एकजना मात्र महिला सांसद निर्वाचित भएकी छन्।

निर्वाचनबाट धेरै सुधारहरूको लागि दबाब दिइरहेका इस्लामवादी र स्वतन्त्र राजनीतिज्ञहरू निर्वाचित भएका छन्।  कुवेतको संवैधानिक अदालतले गत मार्चमा भएको निर्वाचनको परिणाम लाई रद्द गरेको थियो। उक्त निर्वाचनमा पनि विपक्षीहरूले महत्वपूर्ण लाभ उठाएका थिए र सन् २०२० मा निर्वाचित अघिल्लो संसदलाई पुनः स्थापित गरेका थिए।

कुवेतको सरकारी समाचार एजेन्सीले सार्वजनिक गरेको मत परिणामअनुसार विपक्षी सांसदले विधायिकाका ५० सिटमध्ये २९ सिटमा जित हासिल गरेका छन्। विपक्षी समूहका उम्मेदवार जनन बुशेहरीले संसदमा एकल प्रतिनिधित्व गर्ने भएकी छन्।

नयाँ संसद्को संरचना गत वर्ष निर्वाचित र पछि खारेज गरिएको संसद्सँग मिल्दोजुल्दो छ, जसका ५० मध्ये १२ जना बाहेक सबै सदस्यले आ–आफ्नो स्थान कायम राखेका छन्। यसले विधायिकाले फेरि एकपटक मन्त्रिपरिषद्सँग विवादमा फस्न सक्ने र राजनीतिक सङ्कटलाई अझ गहिरो बनाउने र सुधारमा ढिलाइ भएको र आर्थिक वृद्धिमा बाधा पुर्याउन सक्ने चिन्ता उत्पन्न भएको छ।

लामो समयदेखि सभामुख रहेका मार्जुक अल–घानीम र गत वर्ष उनको स्थानमा आएका अहमद अल–सादौन दुवै संसद्मा फर्किएका छन्।  सावौनले फेरि सभामुखपदका लागि उम्मेदवारी दिने अपेक्षा गरिएको छ। 'हामी आज सुधारवादी दृष्टिकोणको विजयको उत्सव मनाइरहेका छौं,' विपक्षी सांसद अदेल अल–दम्खीले परिणाम घोषणापछि सञ्चारकर्मीसँग भने, 'निर्वाचन परिणामले कुवेती जनताको जागरुकताको सङ्केत गरेको छ।'

सन् १९६२ मा कुवेतले संसदीय प्रणाली अपनाएदेखि नै करिब एक दर्जन पटक संसद् विघटन भइसकेको छ। रासस

प्रकाशित मिति: : 2023-06-08 05:29:00

प्रतिकृया दिनुहोस्