आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री (लाइभ)

सङ्घीय संसद्मा आज सरकारको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत भएको छ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा अहिले बजेट प्रस्तुत गरिरहेका छन्। आजै बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गर्दै प्रस्तुतिका लागि स्वीकृत प्रदान गरेको थियो।

यसअघि बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले बजेट प्रस्तुतिका लागि अर्थमन्त्रीलाई अनुमति दिएका थिए। प्रत्येक जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ।

नेपालको इतिहासमा प्रजातन्त्र स्थापना भएपछि पहिलो अर्थमन्त्री सुवर्णशमशेर राणाले विसं २००८ माघ २१ गते पहिलो बजेट प्रस्तुत गरेका थिए। उक्त बजेट रु पाँच करोड २५ लाख बराबरको थियो। त्यसपछिका बजेट विकास केन्द्रित भएकाले वैदेशिक सहयोग प्राप्त भई सडक, पूर्वाधारलगायत महत्वपूर्ण विकास निर्माण अघि बढेको इतिहास छ।

नेपाली कांग्रेसको नेतृत्वमा विसं २०४८ मा प्रस्तुत बजेटले आर्थिक उदारीकरण तथा नेकपा (एमाले) नेतृत्वको विसं २०५१ प्रस्तुत बजेटले सामाजिक सुरक्षामा जोड दिएका थिए। यी बजेटलाई नेपालको बजेटको इतिहासमा उदाहरणीयरुपमा हेरिने गरिएको छ।

प्रकाशित मिति: : 2023-05-29 16:41:00

प्रतिकृया दिनुहोस्