सरकारकाे नीति तथा कार्यक्रममाथि छलफल (लाइभ)

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल भइरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८०/८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन्।

प्रकाशित मिति: : 2023-05-21 11:41:00

प्रतिकृया दिनुहोस्