अस्पतालमा आगाे लाग्दा २१ जनाको मृत्यु

बेइजिङको फेङ्ताई जिल्लास्थित एक अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २१ जनाको मृत्यु भएको जिल्लाको अग्नि तथा उद्धार विभागले जनाएको छ।

अग्नि नियन्त्रकहरूले बेइजिङ चाङफेङ अस्पतालको इनपेशेन्ट विभागको भवनमा दिउँसो १२ः५७ मा आगलागी भएको बताएका छन्। दिउँसो १ः३३ बजे आगो निभाइएको थियो।

आगो निभाउने क्रममा जसमा ७१ जना बिरामीलाई बाहिर निकालिएको थियो। बेलुका ६ बजेसम्म २१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।

घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2023-04-19 05:19:00

प्रतिकृया दिनुहोस्