नेपाल आयल निगमले प्रतिलिटर डिजेल १० र पेट्रोल ३ रुपैयाँले मूल्य घटाएको छ।
सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।
मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ।