डोल्पाको टसी रोम्जे टोम्जे गुम्बामा बुद्ध मूर्ति स्थापना

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. २ काे टसी रोम्जे टोम्जे गुम्बामा बुद्धका नयाँ मूर्तिहरु स्थापना गरिएको छ। गुम्बामा काठमाडाैँमा बनाइएका शाक्यमुनि बुद्ध, महाकाल, पार्वती, विष्णु भगवानलगायतका देवि देवताका मूर्तिहरु स्थापना गरिएको हो।

मूर्ति स्थापना गर्न तथा लामाले लगाउने कपडालगायतका सामाग्रीहरुसहित करिब ३ लाख ६० हजार रकम गरिएकाे गुम्बाका प्रमुख लामा निमा लामाले बताए।

‘बुद्धका मूर्ति लगायतका सामान बनाउनका लागि स्थानीयले मात्रै १ लाख १० हजार उठाएर सहयोग गरे। मैले २ लाख ५० हजार व्यक्तिगत सहयोग गरे,’ लामाले भने।

बौद्धमार्गीहरुको आस्था जोगाउन गुम्बामा पूजाआजा गर्नका लागि बौद्ध धर्मसँग सम्बन्धीत देवी देवताका सात थान मूर्ति बनाएर ल्याइएको उनले बताए।

ई.स. १४६१ सालमा स्थापना भएको यस गुम्बामा वर्षमा दुई पटक मुख्य पूजाआजा हुनुे गर्दछ। गुम्बाको दर्शन गर्नाले सुख शान्ति मिल्ने र मोक्षप्राप्ति हुने लामाको भनाइ छ।

मूर्ति बनाउन सुन, चाँदी, पित्तल, तामालगायका पञ्चधातुको प्रयोग हुने बताइएको छ। जिल्लाका बौद्धमार्गिहरुको आस्थाको धरोहरुका रुपमा रहेको गुम्बा ०७२ सालको भुकम्पले चर्काएपछि जिर्णउद्धारका लागि प्रदेश सभा सदस्य वीरबहादुर शाहीले दुई पटक गरेर २० लाख सहयोग गरेको लामाले बताए।

अझै गुम्बाको विकास, प्रचारप्रचारको आवश्यक रहेको उनको भनाइ छ। काठमाडाैँबाट ल्याइएका मूर्तिहरु गाउँ पुर्‍याउँदा स्थानीयबासीले भव्य स्वागत गरेका थिए। त्यसैगरी यस गुम्बामा स्थानीय वाङ लामाले पचास हजार बराबरको महाकाल मुकुट र लुगासेट सहयोग गरेका छन्।

सेनामा कार्यरत उनले परापुर्वकालदेखि समग्र डोल्पाका बौद्धमार्गीहरुकोे आस्थाको धरोहरको रुपमा रहेको गुम्बाकालागि भेटी स्वरुप मुकुट र कपडा चढाएको लामाले बताए।

प्रकाशित मिति: : 2023-03-29 10:16:00

प्रतिकृया दिनुहोस्