अमेरिकामा गहिरिँदै बैंकिङ संकट, अरू ६ बैंक 'गम्भीर' निगरानीमा

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी बैंकिङ प्रणाली संकटमा फसेको छ । गतसाता तीन बैंक बन्द भएपछि त्यसको प्रभाव आगो जसरी सल्किएको छ ।
सोमबार अमेरिकी बैङकिङ संयन्त्र मनिटरिङ गर्ने जवाफदेही संस्थाहरूले थप कडाइ गरेका समाचार बाहिरिएका छन् । 

मूडिज इन्भेस्टर्स सर्भिसले ढिलो सम्भावित डाउनग्रेडको लागि समीक्षामा छवटा अन्य अमेरिकी बैंकको सूची सार्वजनिक गरेको छ । यो सूचीमा फर्स्ट रिपब्लिक बैंक, जिओन्स, वेस्टर्न एलायन्स, कमेरिका, यूएमबी फाइनान्सियल र इन्ट्रस्ट फाइनान्सियल परेका छन् । 

यसैगरी क्रेडिट रेटिङ फर्मले गत साता बन्द भएको सिग्नेचर बैंकलाई जङ्क क्षेत्रमा डाउनग्रेड गरेको छ ।

अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको संकटलाई समाधान गर्न बाइडेन प्रशासन लागिपरेको छ । उसले आम उपभाोक्तालाई बैङकलाई विश्वास गर्न आग्रह गर्दै गत साता बन्द भएका बैंकमा नगरिएका रकमको पनि न्युनतम रकम सुरक्षा प्रदान गर्ने बताएको छ ।

राष्ट्रपति बाइडेनको यो आश्वासनले पनि त्यति काम गरिरहेको छैन । ग्राहकहरू बैंकबाट पैसा निकालिरहेका छन् । यसले कतिपय बैंकमा तरलताको अभाव देखिएको छ ।

बैंकिङ संकटको प्रभाव सेयर बजारमा पनि देखिएको छ । 

प्रकाशित मिति: : 2023-03-14 17:51:00

प्रतिकृया दिनुहोस्