सुर्योदय वोमी लघुवित्तले १५ प्रतिशत बोनस सेयर दिने

सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ।

१६ फागुन मंगलबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

साविकको वोमी लघुवित्त र सुर्योदय लघुवित्तबीच मर्जर भई २९ चैत २०७८ बाट एकीकृत कारोबार सुरु भएको थियो।
 

प्रकाशित मिति: : 2023-03-01 12:06:00

प्रतिकृया दिनुहोस्