प्रदेश १ का उर्जामन्त्री मेन्याङ्बोद्वारा पदभार ग्रहण, विद्युतीय सवारीको प्रयोगलाई प्रवर्द्धन गर्ने

प्रदेश नम्बर १ का खानेपानी, सिंचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले पदभार ग्रहण गरेका छन्। मन्त्री बनेको दुई सातापछि उनले पदभार ग्रहण गरेका हुन्।

मेन्याङ्बो गत पुस २५ गते विना विभागीय मन्त्री नियुक्त भएका थिए। तर, मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गत माघ ६ गतेमात्र उनीहरुलाई मन्त्रालयको जिम्मेवारी दिएका थिए।

ताप्लेजुङको प्रदेशसभा १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनी नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा जिल्ला सहइन्चार्ज हुन्। २०५६ सालमा उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

पदभार ग्रहण गरेसँग उनले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न लागि परेका छन्। मन्त्री मेन्याङ्बोले विद्युतीय चार्जिङ्ग स्टेसन निर्माणका लागि १ करोड बजेटसमेत बिनियोजन गर्ने निर्णय गरेका छन्।

प्रकाशित मिति: : 2023-01-23 17:45:00

प्रतिकृया दिनुहोस्