हिमालयन फ्यामेली हेल्थ केयर फाउण्डेसनद्वारा डाेल्पा अस्पताललाई पाँच हजार डलर सहयोग

हिमालयन फ्यामेली हेल्थ केयर फाउण्डेसनले डोल्पा जिल्ला अस्पताललाई पाँच हजार डलर सहयोग गरेकाे छ।

अमेरिकाबाट सञ्चालित उक्त संस्थाले अस्पतालकाे विभिन्न क्षेत्रमा सहयोगका लागि भन्दै फाउण्डेसनले सहयोग गरेकाे जिल्ला अस्पताल डाेल्पाले जनाएको छ।

उक्त रकमबाट डोल्पा जिल्ला अस्पतालमा पैसाको अभावमा उपचार गर्न निसक्ने बिरामीको लागि आवश्यक औषधि किन्न सहयोग गर्ने अस्पतालकाे भनाइ छ।

नेपाली रुपैयाँमा रुपान्तरण गर्दा ५ लाख ७२ हजार ६ सय ५० हुने र त्यसबाट पोर पिपुल फण्डको स्थापना गरी नि:शुल्क औषधि उपचारको व्यवस्था गरिने अस्पतालका डाक्टर अखण्ड उपाध्यायले बताए।

उक्त सहयोग रकम लागि जिल्ला अस्पताल डोल्पाका डा. अखण्ड उपाध्याय र साथै डा.आकर्षण तिमिल्सेना, डा.रिसभ र हाल अमेरिकामा रहँदै आउनुभएका डोल्पा घर रहेका श्री प्रकाश शाहीज्यूको पहल गरेकाे बताइएकाे छ।

डा. देवी स्टेट फाउण्डर रहेका उक्त संस्थाबाट प्राप्त रकमबाट हालसम्म करिब १५० जना बिरामिले औषधि तथा परीक्षणमा नि:शुल्क सेवा लिएका छन्।

उक्त रकमबाट साथै बिरामी तथा अस्पताललाई खानेपानीको व्यवस्थाको लागि एक हजार लिटरको ट्यांंकी, बिरामीलाई ओड्न २० थान कम्मल र फिल्टरको व्यवस्था गर्ने अस्पतालले बताएको छ।

प्रकाशित मिति: : 2023-01-15 10:55:00

प्रतिकृया दिनुहोस्