प्रदेश १ मा सभामुखको निर्वाचन पुस २८ मा, आज उम्मेदवारी दर्ता

प्रदेश १ मा सभामुखको निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

मंगलबार बसको प्रदेशसभाको दोस्रो बैठकले पुस २८ गते निर्वाचनका लागि मिति तोकेपछि प्रदेशसभा सचिवालयले कार्यतालिका सार्वजनिक गरेका हो।

कार्यतालिका अनुसार सभामुखका लागि आज दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ। मनोनय दर्तापछि दाबीविरोध र उम्मेदवारी फिर्ताका लागि समय दिइएको कार्यतालिकामा उल्लेख छ।

उम्मेदवारको अन्तिम नामावली साँझ ७ बजे प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ। प्रदेशको सभामुखका लागि पुस २८ गते बिहान ११ बजे निर्वाचन हुने कार्यतालिकामा उल्लेख गरिएको छ।

प्रकाशित मिति: : 2023-01-10 15:06:00

प्रतिकृया दिनुहोस्