यस्ताे छ विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६६ पैसा तोकिएको छ। 

युरोपियन युरो एकको खरिद १४० रुपैयाँ ७८ पैसा र बिक्रीमा १४१ रुपैयाँ ४२ पैसा तोकिएको छ। अष्ट्रेलियन डलरको खरिदमूल्य ८९ रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ७ पैसामा कारोबार भइरहेको छ। 

साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ११ पैसा र बिक्रीमा ३५ रुपैयाँ २७ पैसा तोकिएको छ। कतारी रियालको खरिदमा ३६ रुपैयाँ १६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३२ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ १२ पैसा रहेको छ। 

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४९ पैसा र बिक्रीमा १० रुपैयाँ ५४ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९३ पैसा र बिक्रीमा १७ रुपैयाँ एक पैसा, कुवेती दिनार एकको खरिद दर ४३१ रुपैयाँ ५० पैसा र बिक्रीमा ४३३ रुपैयाँ ४६ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ २५ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ८४ पैसा रहेकाे नेपाल राष्ट्र बैंकले जनाएकाे छ।

प्रकाशित मिति: : 2023-01-01 11:45:00

प्रतिकृया दिनुहोस्