सेयर बजर ११.८१ अंकले घट्याे

लागातार दुई दिनदेखि उकालो लागेको सेयर बजार बुधबार घटेकाे छ।

बिहानैदेखि उक्लिएको सेयर बजर बन्द भएसँगै नेप्से परिसूचकमा ११.८१ अंकले घट्दा १९७२.१५ विन्दुमा पुगेर रोकिएको छ। आज ०.६० प्रतिशतले सेयर बजार घटेको हो।

मंगलबार भने  सेयर बजार ५९.८७ अंकले वृद्धि भएको थियो। साथै, २५७ कम्पनीको कारोबारमा एक करोड ६५ लाख ३० हजार ४१५ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १५ करोड ३५ लाखभन्दा बढीको कारोबार भएको छ।

यस्तै,नविल बैंक र रिडी पावर कम्पनीको आठ करोडभन्दा बढीको सेयर बिक्री भएको छ। यता, सेन्ट्रल फइनान्स, प्रभु जीवन बिमा र द्यौलागिरि लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको र साथै खप्तड लघुवित्त र सृजनसिल लघुवित्तको ९.९९ प्रतिशतले मूल्य वृद्धि भएको हो। 

कुल ६० कम्पनीकाे सेयर मूल्य उकलो लागेको छ भने १४९ कम्पनीमा ओरालो लागेको छ । पाँच कम्पनीकाे मूल्य स्थिर छ। आज १३ उपसुचकमध्ये ५ कम्पनीकाे मूल्य उकालो लागेका छ । सबै बाँकी सबै सुचकहरूकाे मूल्य घटेको नेप्सेले जनाएको छ। 
 
 

प्रकाशित मिति: : 2022-12-28 15:33:00

प्रतिकृया दिनुहोस्