उर्लाबारी चासोककाे आय-व्याय सार्वजनिक 

मोरङको उर्लाबारी नगरपालिका वडा नंं.९ आमबारीमा सञ्चालित तीन दिने चासोक महोत्सवको आय–व्यय बिहीबार सार्वजनिक गरिएको छ।

किरात याक्थुङ चुम्लुङ नगर शाखा उर्लाबारीद्वारा सञ्चालित सो महोत्सवको ४ लाख २३ हजार ५ सय २५ रुपैयाँ बराबरको आय–व्यय सार्वजनिक गरिएको हो।

लिम्बु समुदायको महान चाड चासोक तङनामको अवसरमा मंसीर २२, २३ र २४ गते चासोक महोत्सव–२०७९ सञ्चालन गरिएको थियो। तीमध्ये तीन लाख २३ हजार तीन सय १८ रुपैयाँ खर्च र एक लाख दुई सय सात रुपैयाँ बचत भएको शाखाका कोषाध्यक्ष कर्ण मादेम्बाले जानकारी दिए।

सहयोग रसिदबाट तीन लाख आठ हजार ८५ र पुजाको भेटीबाट २० हजार चार सय ४० रुपैयाँ संकलन भएको छ।

त्यसैगरी उर्लाबारी नगरपालिका वडा नं.८ बाट ३० हजार तथा वडा नं.९ बाट ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको मादेम्बाले बताए।

शाखाकी अध्यक्ष बानु सुब्बाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो।

प्रकाशित मिति: : 2022-12-22 17:05:00

प्रतिकृया दिनुहोस्