हिमालयन बैंकले ११.११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
बैंकको मंगलबार बिहान बसेकोे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
आ.व २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र हिमालयन बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भएपछि सेयरधनीहरूलाई वितरण हुने बैंकले जनाएको छ।