सुन तोलामा ३०० रुपैयाँले घट्याे

सुन तोलामा ३०० रुपैयाँले घटेको छ। 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख २०० रुपैयाँ कायम भएको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुन तोलाको १ लाख रुपैयाँ निर्धारण भएको थियो।

सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ९० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी १४ सय रुपैयाँ कायम रहेको थियो। 

प्रकाशित मिति: : 2022-12-12 12:26:00

प्रतिकृया दिनुहोस्