यस्तो छ आजको विदेशी मुद्राकाे विनिमय दर

राष्ट्र बैंकले साेमबारका लागि अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९४ पैसा कायम गरेकाे छ।

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९६ पैसा कायम रहेको छ।

युरोको मूल्य अघिल्लो दिनको तुलनामा ३३ पैसा घटेको हो। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रुपैयाँ २६ पैसा र बिक्रीमा ८९ रुपैयाँ ६७ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ २१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६५ पैसा छ। कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६ पैसा छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९ पैसा तोकेको छ। यता,मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ८२ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ। 

प्रकाशित मिति: : 2022-12-12 11:42:00

प्रतिकृया दिनुहोस्