‘मृत्युकाे व्यापारी’काे बदलामा बास्केटबल खेलाडी ब्रिट्नी ग्रिनर जेलमुक्त

Photo - REUTERS/Evgenia Novozhenina
Photo - REUTERS/Evgenia Novozhenina

१२ वर्षदेखि अमेरिकी जेलमा थुनिएका कुख्यात हतियार व्यापारी भिक्टर बाउटको नाटकीय शैलीमा उच्चस्तरीय कैदी आदानप्रदानमा रुसले बिहीबार अमेरिकी बास्केटबल स्टार ब्रिट्नी ग्रिनरलाई जेलमुक्त गरेको छ।

अमेरिकी बास्केटबल स्टार ब्रिटनी ग्रिनर रिहा भएपछि अमेरिकाले कैदी साटासाटको रुपमा दोषी हतियार व्यापारीलाई रिहा गर्न सहमत भएको हो।

राष्ट्रपति जो बाइडेनले रूसी जेलबाट ब्रिट्नी ग्रिनरको रिहाइको ट्वीटमार्फत स्वागत गर्दै भने, 'उनी सुरक्षित छिन्, उनी घर जाँदैछिन्।'

लागुऔषधको आरोपमा झण्डै १० महिना जेलमा बिताएपछि ग्रिनरको रिहाइलाई ह्वाइट हाउसले उच्च प्राथमिकतामा राखेको थियाे।



अमेरिकाद्वारा रसियाली हतियार व्यापारीसँग आफ्ना दुई नागरिक आदानप्रदानको प्रस्ताव

'उनी सुरक्षित छिन्, उनी विमानमा छिन्, उनी असहनीय परिस्थितिमा रसियामा अन्यायपूर्ण रूपमा हिरासतमा परेको महिनौंपछि घर फर्किँदै छिन्,' उनले भनेका छन्।

जासुसीको आरोपमा डिसेम्बर २०१८ देखि जेल परेका मिशिगन कर्पोरेट सुरक्षा कार्यकारी पल व्हेलनलाई उक्त कैदी साटासाटमा घर फर्काउन असफल भएकाेमा राष्ट्रपतिले अफसोच व्यक्त गरे।

बाइडेनले भने, 'रुसले पलको मामलालाई पूर्णतया अवैध कारणले ब्रिट्नीको भन्दा फरक दृष्टिकाेणमा हेरेकाे छ। त्यसैले हामी पलको रिहाइ सुरक्षित गर्न असफल भएका छाैँ, तर हामी हार मान्दैनौं।'

दुई पटकको ओलम्पिक स्वर्ण पदक विजेता ग्रिनर लागूपदार्थको आरोपमा रूसले मस्काे एयरपाेर्टबाट पक्राउ गरेकाे थियाे। उनलाई अगस्टमा दोषी ठहर गरी रुसी पेनल कोलोनीमा नौ वर्षको जेल सजाय सुनाइएको थियो।

प्रकाशित मिति: : 2022-12-09 11:30:00

प्रतिकृया दिनुहोस्