४०० रुपैयाँले बढ्याे सुनको मूल्य 

नेपाल सुनचाँदी व्यवसाय महासघंले आइतबार सुनको मूल्य ताेला ४०० रुपैयाँले बढेकाे जनाएकाे छ।

जसअनुसार सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेकाे छ। गत शुक्रबार सुनको मुल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ थियाे।

यसैगरी, आइतबार २५ रुपैयाँले बढेको चाँदीकाे मूल्य एक हजार ३७० रुपैयाँमा कारोवार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: : 2022-12-04 13:17:00

प्रतिकृया दिनुहोस्