यस्तो छ आजको विनिमय दर

File Photo
File Photo

नेपाल राष्ट्र बैंकले शनिबार  को विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

आज एक अमेरिकी डलरको खरिद मूल्यमा सामान्य ० दशमलब ६ पैसाले वृद्धि भएको छ। अमेरिकी डलरको खरिद मुल्य १२९ रुपैयाँ ८२ पैसा र विक्री मूल्य १३० रुपैयाँ ४२ पैसा तोकिएको छ।

यस्तै शुक्रबार युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९८ पैसामा खरिद बिक्री भएको थियोे भने आज युरोपियन युरो ० दशमलब ६४ पैसाले उकालो लागि  एकको खरिददर १३६ रुपैया ५४ पैसा  विक्री दर १३७ रुपैयाँ १८ पैसा कायम रहेको छ। अष्ट्रेलियन डलरको खरिदर ८८ रुपैयाँ ४३ पैसा  र बिक्रीमा ८८ रुपैयाँ ८४ पैसा कायम रहेको राष्ट्र बैंकले  जनाएको छ।

यस्तै,  क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९७ रुपैयाँ,  सिंगापुरे डलरमा ० दशमलब ४५ पैसाले उकालो लागि यसको खरिददर ९६ रुपैयाँ १० पैसा र विक्री दर ९६ रुपैयाँ ५५ पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ६७ पैसा र विक्रीमा ९ रुपैयाँ ७१ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ५४ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ७० पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति: : 2022-12-03 10:11:00

प्रतिकृया दिनुहोस्