नेपाल बैंक लिमिटेडले मनायाे ८६औँ स्थापना दिवस

नेपालकाे पहिलाे बैंक नेपाल बैंक लिमिटेड जुम्लाले आफ्नाे ८६ औँ स्थापना दिवस मनाएकाे छ।

२०७७ कार्तिक ३० भर्चुअल ओपनिङ भएकाे जुम्ला शाखाले आफ्नाे सेवालाई व्यापक रुपमा विस्तार गरेकाे छ। वित्तीय साक्षरतासँगै निरन्तर बैंकिङ सेवा दिन थालेपछि बैंक विभिन्न खालका सेवा लिने ग्राहकहरु बड्दै गएका छन्।

शाखा उद्घाटनकाे छाेटाे समयमै ग्राहककाे मन जितेकाे बैंकले जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आचार्यकाे उपस्थितिमा आफ्नाे ८६ औँ स्थापना दिवस मनाएकाे हाे।

नेपालमा पहिलाे पटक बैंकमार्फत् जनतालाई सेवा दिने नेपाल बैंककाे स्थापना दिवसको अवसरमामा शुभकामना दिदै जिल्ला समन्वय समितिका प्रमुख आचार्यले भने,'जुम्लामा ढिलाे गरि स्थापना भए पनि चाँडाे चाँडाे सेवा दिन सकेका कारण बैंकप्रति ग्राहककाे विश्वास बढ्दै गएकाे छ। आगामी दिनमा प्रभावकारी सेवाकाे अपेक्षा गरेकाे छु।'

अनवरत विश्वासको ८६औं वर्ष प्रवेश गरेको नेपाल बैंकले जुम्लामा छाेटाे समयमै सबै पुस्ताको मन जित्न सकेकाे उनकाे भनाइ छ।

बैंकले हाल देशभरका ७२ जिल्लाका २ सय २२ ठाउँमा शाखाहरु, १९८ एटिएम र ४९ एक्सटेन्सन काउन्टरमार्फत् करिब २० लाख बढी ग्राहकहरुलाई आधुनिक प्रविधियुक्त बैंङिक सेवा उपलब्ध गराइरहेकाे छ बैंकका जुम्ला शाखा प्रबन्धक रवि भण्डारीले बताए।

नेपाल बैंक लिमिटेड जुम्ला शाखा दुई वर्षमै धेरै ग्राहकसम्म पुग्न सकेपछि आफूहरु उत्साहित भएकाे उनले थपे।

पछिल्लो समय बजारमा चाेरीका घटनाहरु निरन्तर वृद्धि भइरहेकाे जुम्ला प्रहरीकाे तथ्यांक छ। प्रहरीका अनुसार सुन, चाँदीका गरगहना, ल्यापटप लगायतका सामान धेरै चाेरी भएका छन्।

यी सबै जाेखिमहरुलाई ध्यानमा राखी बैंकले लकर सुविधा संचालन गरिसकेकाे उनले बताए। उनले भने,'हामीले लकर सुविधा दिएपछि धेरै ग्राहकहरु अत्यन्तै खुसी हुनु भएको छ।'

उनकाअनुसार बैंकले दाेहाेराे अंक ननाग्ने ब्याजदरमा ऋण सुविधा दिइरहेकाे छ भने किसानलाई ४ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउँदै आएकाे छ।

ग्राहकले सुन धिताे राखेर व्यापिक कर्जा, बैंक ग्यारेन्टीसमेत छिटाे छरिताे गर्ने गरिरहेको उनले बताए।

प्रकाशित मिति: : 2022-11-16 19:52:00

प्रतिकृया दिनुहोस्