नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

file Photo
file Photo

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलब ५९ अङ्कले ओरालो लागेर एक हजार आठ सय ९७ दशमलब ८६ मा सीमित भएको छ।

त्यस्तै, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलब ३३ अङ्कले ओरालो लागेर तीन सय ७३ दशमलब ७१ मा ओर्लिएको छ। कूल दुई सय २९ कम्पनीको २७ लाख ४५ हजार एक सय नौ कित्ता शेयर रु एक अर्ब दुई करोड ३६ लाख नौ हजार नौ सय ६० मूल्यमा खरिद बिक्री भए।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने १० उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ।

आजको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब २९ अर्ब ८४ करोड पाँच लाख ५४ हजार चार सय ९१ बराबर रहेको छ। नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ। सो कम्पनीको रु आठ करोड २२ लाख ३४ हजार छ सय ७५ बराबरको कारोबार भयो।

नेपाल लाइफ इन्स्योरेन्स रु छ करोड चार लाख ९७ हजार आठ सय ४४, नेपाल दूरसञ्चार कम्पनी रु चार करोड ६७ लाख २२ हजार दुई सय ३१, शिवम् सिमेन्ट रु चार करोड ४८ लाख ४३ हजार छ सय ९६ र नेपाल पुनरबीमा कम्पनी रु तीन करोड १७ लाख ८४ हजार छ सय १५ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन्।

नेप्सेका अनुसार सिटिजन म्युचुअल फण्ड एक, चार दशमलब ५८, पञ्चकन्या माई हाइड्रोपावर दुई दशमलब ९३, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक दुई दशमलब ५६, लक्ष्मी इक्विटी फण्ड दुई दशमलब १२ र युनिलिभर नेपालका लगानीकर्ताले दुई दशमलब शून्य आठ प्रतिशतले कमाएका छन्।

त्यस्तै, तारागाँउ रिजेन्सी होटल आठ दशमलब ५६, सिकलेस हाइड्रोपावर आठ दशमलब ४२, गरिमा विकास लघुवित्त छ दशमलब २१, गणपति लघुवित्त पाँच दशमलब शून्य छ र सप्तकोसी डेभलपमेन्ट बैंकका लगानीकर्ताले चार दशमलब ५७ प्रतिशतले गुमाएका छन्।

प्रकाशित मिति: : 2022-11-15 16:28:00

प्रतिकृया दिनुहोस्