ओरालो लाग्दै डलर, १३३.१४ बाट घटेर १२७.७२ रूपैयाँ

अमेरिकी डलरको भाउ ओरालो लाग्दा नेपाली रूपैया उकाले लागेको छ। आज नेपाल राष्ट्र बैकले एक डलरलाई  १२७.७२ रुपैयाँ  दिन्छ । तर, उसले नेपाली उपभोक्तालाई एक डलर बेच्दा भने १३०.३२ रुपैयाँ  लिन्छ । 

यसअघि कात्तिक ३ मा नेपाली रुपैयाँसँग एक अमेरिकी डलर किन्दा न  १३३.१४ रुपैयाँ तिर्नुपर्थ्यो । अमेरिकी डलरहरका लागि नेपालले अहिलेसम्म तिरेकै यो सबैभन्दा बढी मूल्य थियो ।

अमेरिकाको बढ्दो मुद्रास्फिति रोक्न अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) पटकपटक ब्याजदर बढाएर बजार हस्तक्षेप गरेपछि विश्व बजारमै अमेरिकी डलरप्रति लगानीकर्ताको आकर्षण बढ्दा डलरको भाउ आकासिएको थियो । 

तर, विहीबार अमेरिकी तथ्याङ्क विभागले मुद्रास्फितिमा सुधार आउको तथ्यांङ्क सार्वजनिक गर्ने बितिकै डलरको भाउ ओरालो लाग्न थालेको छ । 

केही दिनअघिसम्म यसरी नै अमेरिकी डलरको भाउ बढ्दै जाने हो भने एक अमेरिकी डलर किन्न नेपाललले १४८ रूपैयासम्म खर्च गर्नुपर्ने प्रक्षेपण गरिएको थियो । तर, अब यो १२० तिर आएर थामिने हो कि भन्ने प्रक्षेपण गरिएको छ । 

डलरको भाउ घटेसँगै नेपाली बजारमा मिश्रित प्रतिक्रिया देखिएको छ । रेमिट्यान्समा आधारित भएकाले यो कोणबाट नोक्सान भएको छ भने आयातमुखी भएकाले यस कोणबाट भने फाइदा भएको दछ । 

प्रकाशित मिति: : 2022-11-15 09:14:00

प्रतिकृया दिनुहोस्