सेयर बजार दोहोरो अ‍ंकले ओरालाे

साताको पहिलो काराेबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकले ओरालाे लागेकाे छ। आइतबार सेयर बजार ०.५६ प्रतिशतले ओरालाे लागेकाे हाे।

गत साताकाे अन्तिम कारोबार दिन बिहीबार १.२३ प्रतिशतले घटेको सेयर बजार आइतबार १०.५४ अंकले घटेर १८८३.१६ विन्दुमा रोकिएकाे छ। आइतबार जम्मा १८५ कम्पनीहरुको कारोबार भएको छ। जसमा ४४ कम्पनीमा वृद्धि भएको र १३१ कम्पनीमा ओरालो लाग्दा १० कम्पनी स्थिर रहेको छ। 

२० लाख २८ हजार बढी कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४९ लाख ११ हजार बढीको कारोबार भएको छ। होटल तथा पर्यटनबाहेक सबै उपसूचक ओरालाे लागेकाे छ। होटल तथा पर्यटन उपसूचक ०.६० प्रतिशतले वृद्धि भएको छ। हाइड्रोपावर, व्यापार र लघुवित्त उपसूचक भने १ प्रतिशतभन्दा बढीले घटेकाे छ। नेप्से लगातार घट्दै जाँदा कारोबार रकम पनि घटेको छ।

शिभम् सिमेन्टको १० करोड ३९ लाख ९६ हजार ३९ रुपैयाँ र निर्धन उत्थान लघुत्ति वित्तिय संस्थाको २ करोड ४० लाख ५२ हजार ३३९ रुपैयाँको कारोबार भएको जनाएको छ।

लक्ष्मी इक्विटी फण्ड ७.९० प्रतिशत, लक्ष्मी उन्नती कोष ३.७७ प्रतिशत र मन्दाकिनी हाइड्रोपावर ३.७४ प्रतिशतले बढेको छ।

यसैबीच, आइतबारदेखि नेप्सेको नयाँ वेबसाइट संचालनमा आएको हो। हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिँदै आएको नेप्सेको नयाँ वेबसाइट आजबाट पूर्ण रुपमा संचालनमा आएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ।

प्रकाशित मिति: : 2022-11-13 16:20:00

प्रतिकृया दिनुहोस्