नबिल फ्लेक्सी क्याप फन्डमा आवेदन दिने समय लम्बियो

नबिल फ्लेक्सी क्याप फन्डमा आवेदन दिने समय लम्बिएको छ। अब यसमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ। यसअघि यो फन्डमा पहिलो चरणमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिने भनिएको थियो।

तर, सो समयमा माग अनुसारको आवेदन नपरेपछि आवेदन दिने समय लम्बिएको हो। नबिल इन्भेष्टमेन्टले कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फन्ड योजना बिक्री खुला गरेको हो।

फन्डले कुल ७ करोड ५० इकाई निष्कासन गरेको छ। जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत बिज पुँजीबापत कोष प्रवर्द्धक नबिल बैंकलाई सुरक्षित गरिएको छ।

त्यस्तै, ७ लाख ५० हजार योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टलाई छुट्याएको छ।

बाँकी ६ करोड ३७ लाख ५० हजार इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई बिक्री खुला गरिएको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टले जानकारी दिएको छ।

प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ। न्यूनतम १०० इकाईदेखि अधिकतम ७५ लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाईमा आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति: : 2022-11-13 11:56:00

प्रतिकृया दिनुहोस्