नेपालीले तीन महिनामा १७ लाख २५ हजारको ‘टुथपिक’ले दाँत कोट्याए

File Photo
File Photo

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले १७ लाख २५ हजार रुपैयाँको टुथपिक (दाँत कोट्याउने सिन्का) आयात गरेको छ।

२०७९ साल साउन, भदौ र असोज महिनामा नेपालले उक्त मुल्य बराबरको टुथपिक आयात गरेको हो।

भन्सार विभागका अनुसार सो अविधमा नेपालमा विभिन्न देशबाट ५ हजार २८८ केजी टुथपिक भित्रिएको छ।

पछिल्लो तीन महिनामा चीन र थाइल्याण्डबाट नेपालले टुथपिक आयात गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०७८-७९ को पहिलो तीन महिनामा नेपालले १ करोड २ लाख ४१ हजार रुपैयाँको टुथपिक आायात गरेको थियो।

प्रकाशित मिति: : 2022-11-09 13:37:00

प्रतिकृया दिनुहोस्