सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो

सुनकाे मूल्य एकैदिन एक हजार ४०० रुपैयाँले बढेकाे छ।

म‌ंगलबारकाे तुलनामा बुधबार सुनकाे मूल्य ताेलामा एक हजार ४०० रुपैयाँले बढेकाे पाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनकाे मूल्य बुधबार बढेर प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

साेमबारकाे तुलनामा मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको थियो। महासंघका अनुसार बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2022-11-09 12:23:00

प्रतिकृया दिनुहोस्