अब सेयर बजार कता जाला

File Photo
File Photo

पुँजी बजारले यस साता केही आशा जगायो। समग्रमा नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि वृद्धि भयो।

बजार १९ सय विन्दु माथि नै अडिएको छ। १८०७ को तहमा आएको नेप्से १९ सयको लेबल माथि रहेकाले अब बजारले क्रमशः नयाँ उचाईहरु तय गर्दै जानेमा धेरैले विश्वास लिएका छन्। तथापि, बजारको गति र प्रवृत्तिका बारेमा कसैले पनि ठोकुवा गर्न भने सक्दैन।
 
चुनावी माहोल सूरु भएको तथा लाभांशको सिजन पनि चलेकाले सेयर बजारमा नयाँ तरंग आउन सक्ने कतिपयको विश्लेषण रहेको छ। चुनावका कारण बजारमा पैसा आउने विश्वास लगानीकर्ताको रहेको छ।

यता, ठूला वाणिज्य बैंकहरुको नाफा बढेकाले पनि लगानीकर्ता थप आशावादी भएका हुन्। यस्तै, बजार घटेको पनि १४ महिना पूरा भइसकेको छ।

यसकारण पनि विस्तारै बजारले गति लिने विश्वास धेरैको रहेको हो। अर्थतन्त्रका सूचकहरु पनि क्रमशः सकारात्मक बन्दैछन्। रेमिटेन्स बढेको छ। अब ब्याजदर घट्न बाँकी छ।

तरलता सहज भई ब्याजदर पनि केही घट्न थाल्यो भने नेप्सेले गति लिन सक्ने विश्लेषकहरु बताउँछन्। सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानको पनि अहम भूमिका रहने गर्छ।

प्रकाशित मिति: : 2022-11-06 08:47:00

प्रतिकृया दिनुहोस्