मल्टिपर्पस फाइनान्सले कति कमायो नाफा?

File photo
File photo

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा मल्टिपर्पस फाइनान्सले ४ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो वर्षको यसैअवधिमा फाइनान्स १ लाख ५२ हजार रुपैयाँ नोक्सानमा थियो।

यसअवधिमा कम्पनीको सञ्चालन नाफा बढेको र खराब कर्जा घटेकाले नाफा बढेको हो। योसँगै इम्पेरिमेन्ट चार्ज पनि रिभर्स भएको छ।

सञ्चालन नाफा ३.५८ प्रतिशत ले बढेर ८८ लाख ४ हजार रुपैयाँ पुगेको छ। यसअवधिमा खुद ब्याज आम्दानी भने ३.५८ प्रतिशत ले घटेर ४९ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ। असोज मसान्तसम्म प्रतिसेयर आम्दानी ३७ पैसा र प्रतिसेयर नेटवर्थ १०९ पैसा ३२ पैसा छ। 

प्रकाशित मिति: : 2022-11-02 11:00:00

प्रतिकृया दिनुहोस्