तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

File photo
File photo

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि बन्द भएको सुनको कारोबार आइतबार एक हजार रुपैयाँले घट्दै सुरू भएको जनाएको छ।

छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ छ। 

तिहारअघि छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ। यससँगै, चाँदी तोलाको १२ सय रुपैयाँमा काराेबार भइरहेको छ।

प्रकाशित मिति: : 2022-10-30 11:43:00

प्रतिकृया दिनुहोस्