लुम्बिनी विकास बैंकको नाफा ६६.६८ प्रतिशतले घट्यो

File photo
File photo

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा लुम्बिनी विकास बैंकको नाफा ६६.६८ प्रतिशत ले घटेर ७ करोड १० लाख २९ हजार रुपैयाँमा सीमित भएको छ।

गत वर्षको यही अवधिमा बैंकले २१ करोड ३१ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। एक वर्षको अवधिमा सञ्चालन नाफा घटेकाले र इम्पेरिमेन्ट चार्ज बढेकाले खुद नाफा प्रभावित भएको हो। सञ्चालन नाफा पनि ७०.२१ प्रतिशत ले घटेर ८ करोड ७२ लाख रुपैयाँमा झरेको छ।

गत वर्ष सो नाफा २९ करोड २७ लाख रुपैयाँ रहेको थियो। बैंकले यस वर्ष इम्पेरिमेन्ट चार्ज बापत २४ करोड २६ लाख रुपैयाँ छुट्याएको छ। बैंकको निष्कर्य कर्जा अनुपात १.८९ प्रतिशत बाट बढेर ३.२० प्रतिशत पुगेको छ।  

यता, खुद ब्याज आम्दानी भने ३६.६६ प्रतिशत ले बढेर ४५ करोड ५९ लाख रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य नाफा ४० करोड २१ लाख रुपैयाँ रहेको छ।  यसको जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ जम्मा भएको छ।

गत वर्षको चौथो त्रैमासमा कम्पनीको जगेडा कोषमा १ अर्ब ९६ करोड ९९ लाख रुपैयाँ रहेको थियो। कम्पनीको चुक्ता पुँजी ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार रुपैयाँ छ।

असोज मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६९ पैसाले घटेर ८ रुपैयाँ ६५ पैसा कायम भएको छ। गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३४ पैसा रहेको थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २ पैसा छ।


 

प्रकाशित मिति: : 2022-10-28 13:18:00

प्रतिकृया दिनुहोस्