हलमा तेस्रो सातामा प्रदर्शनरत फिल्म ‘२ नम्बरी’ कास्कीको ल्वाङ गाउँका स्थानीयमाझ देखाइएको छ।
गत २१ असोजबाट प्रदर्शनमा आएको फिल्मको छायांकन ल्वाङ गाउँमै गरिएको हो।
फिल्म देखाउन त्यहाँ पुगेका निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामाले प्रोजेक्टरको माध्यमबाट फिल्म प्रदर्शन गरेका हुन्। फिल्म हेर्न करिब दुई सय स्थानीय उपस्थित भएका थिए।
'फिल्मले अहिलेसम्म सुखद व्यापार गरिरहँदा हामी यहाँका स्थानीय बासिन्दालाई धन्यवाद दिन र फिल्म देखाउन आएका हौं। स्थानीयको ठूलो सहयोगका कारण फिल्मको छायांकन गर्न सहज भएको थियो,’ निर्देशक लामाले भने।
दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ अभिनित यो फिल्मले २ सातामा ६ करोड माथिको ग्रस कलेक्सन गरेको बताइएको छ।