नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो।
यसअघि छापावाल सुनको प्रतितोला ९३ हजार चार सय रुपैयाँ रहेको थियो भने आज घटेर ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, यसअघि प्रतितोला ९२ हजार नौ सय रुपैयाँ रहेको तेजावी सुनलाई आज ९२ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ।
चाँदीको भाउ पनि घटेर प्रतितोला एक हजार १७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। यसअघि चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको थियो