सुनचाँदीको मुल्य घट्यो

File photo
File photo

साताको पहिलो कारोबारदिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

शुक्रबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १ हजार रुपियाँले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ कायम रहेको छ।

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी तोलामा २५ रुपियाँले घटेर प्रतितोला एक हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2022-10-16 12:06:00

प्रतिकृया दिनुहोस्