हाथवे इन्भेष्टमेन्ट कम्पनीको एजीएम आज

File photo
File photo

हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीको साधारण सभा शुक्रबार बस्दैछ।

सभा एम्बास्डर होटल लैनचौर काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ। सभामा कम्पनीले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ।

सभामा आर्थिक वर्ष २०७८-७९ को सञ्चालक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने एजेन्डा पनि छ। त्यस्तै, आर्थिक वर्ष २०७९-८० को लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि रहेका छन्।

प्रकाशित मिति: : 2022-10-14 12:46:00

प्रतिकृया दिनुहोस्