खोलाले बगाउँदा एकजना प्रहरी जवान बेपत्ता

File Photo
File Photo

कालिकोटमा खोलाले बगाउँदा एकजना प्रहरी जवान नदीमा बगेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत जुम्लाको तातोपानी गाउँपालिकाका प्रहरी जवान पदन रावत हरेका छन्।

उनी कालिकोटको खाँडाचक्र नगरपालिका–८ स्थित सेरावाडा खोला तर्ने क्रममा बगेका थिए। सेरावाडा खोलाले बगाएका रावत नदीमा पुगेर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उनी बगेको खबर सोमबार बिहान साढे ९ बजे मात्रै प्राप्त भएको हो।  प्रहरीकाअनुसार उक्त क्षेत्र रहेको टाकुल्ला खोला बढेका कारण प्रहरी घटनास्थलमा पुग्न सकिरहेको छैन।

प्रकाशित मिति: : 2022-10-10 14:59:00

प्रतिकृया दिनुहोस्