आमचुनावका लागि पहाडी जिल्ला लमजुङमा चहलपहल बढ्यो

symbolic photo
symbolic photo

प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा उम्मेदवारका आकांक्षी धेरै छन्।  विशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा प्रत्यक्षतर्फ धेरै आकांक्षी छन्। 

मुख्य तीन दलले ३२ जनाको नाम सिफारिस गरेका छन्।प्रत्यक्षमा सिफारिस गर्दा महिला र पुरुषको अनुपात मिलाउन केन्द्रले भने पनि धेरैजसो पुरुष मात्र सिफारिसमा परेका छन्। 

नेकपा माओवादी केन्द्रले मात्र एक जना महिलालाई प्रत्यक्षतर्फ सिफारिस गरेको छ।समानुपातिकमा भने जिल्लाबाट ६३ जनाभन्दा बढी उम्मेदवारको नाम सिफारिस भएको छ।

 जसमा अधिकांश महिला छन्। जिल्लाबाट सिफारिसमा परेकाहरु टिकटका लागि शीर्ष नेता रिझाउन राजधानी धाउन थालेका छन्।

प्रकाशित मिति: : 2022-10-06 08:00:00

प्रतिकृया दिनुहोस्