भारतमा आईफोन १४ उत्पादन सुरु

बिएल संवाददाता

नयाँ दिल्ली
File Photo
File Photo

अमेरिका—चीन ब्यापारिक द्वन्द्वबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ। चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले आईफोन १४ बनाउन सुरु गरेको हो।

चीनको ‘शून्य कोभिड’ नीतिका कारण लामो लकडाउनले  महामारीका  समयमा व्यापारमा असर गरेको देखाउँदै एप्पलले  आफ्नो नयाँ भर्सन विकेन्द्रित गरेको हो। एप्पलले केही साताअघि आईफोनको नयाँ भर्सन बजारमा ल्याएको थियो। नयाँ भर्सनमा महत्वपूर्ण सुरक्षा क्षमता रहेको एप्पलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित मिति: : 2022-09-29 07:22:00

प्रतिकृया दिनुहोस्