आज सेयर कारोबार बन्द

File Photo
File Photo

साताको दोस्रो दिन सोमबार सेयर बजार बन्द हुनेछ। संविधान दिवस परेकाले सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने नेप्सेले जनाएको छ।

मंगलबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ। यसअघि आइतबार नेप्से सूचक ३३.९७ अंक घटेर १८७६ बिन्दुमा कायम थियो। जसमा कुल एक अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
 

प्रकाशित मिति: : 2022-09-19 11:59:00

प्रतिकृया दिनुहोस्