बैंकहरुले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर, कुन बैंकले कति ब्याज दिने? 

अधिकांश वाणिज्य बैंकहरुले नयाँ ब्याजदर घोषणा गरेको छ। 

६ महिनापछि असोज महिनाका लागि निक्षेपको ब्याजदर बढाउँदै बैंकहरुले नयाँ ब्याजदर घोषणा गरेको हो। 

 कुन बैंकको कति ब्याजदर? 

नेपाल बैंक
नेपाल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। शुक्रबार नयाँ ब्याजदर घोषणा गरेको बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज दिनेछ। यस्तै मुद्दतिमा अधिकतम १३।१३ प्रतिशतसम्म ब्याज तोकेको छ। यसमा व्यक्तिगतमा १२.१३ प्रतिशत र संस्थागतलाई १०.१३ र रेमिट्यान्सलाई १३.१३ सम्मको ब्याजदर तोकेको छ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ। बैंकले रेमिट मुद्दतिमा १३.१३ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ। बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने भएको जनाएको छ।

कृषि विकास बैंक
कृषि विकास बैंक लिमिटेडले असोज १ गतेदेखि लागु हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम ८.१५ प्रतिशतसम्म ब्याज दिनेछ। मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको बैंकले जनाएको छ। बैंकले रेमिटान्स मुद्धती निक्षेपमा १३.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ।

प्रभु बैंक
प्रभु बैंकले मुद्दती निक्षेपमा १५.१३ प्रतिशतसम्मको आकर्षक ब्याज दिने भएको छ। विदेशबाट रेमिट्यान्स गरि पठाएको रकम बैंकको खातामा मुद्दती निक्षेपको रुपमा जम्मा गर्दा वार्षिक १५.१३ प्रतिशत ब्याज भुक्तानी गर्ने बैंकले जनाएको हो।
बैंकले उन्नति बचत खातामै वार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गर्नेछ। शनिबारदेखि यो ब्याजदर कार्यान्वयनमा आउनेछ।

एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकले असोज महिनाका सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपकर्ताले १२.१३ प्रतिशत ब्याज पाउने भएका छन्। साधारण बचततर्फ ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने सूचना बैंकले जारी गरेको छ।

कुमारी बैंक
कुमारी बैंकमा व्यक्तिगत मुद्दति निक्षेपमा पैसा राख्नेले असोजबाट १२.१३ प्रतिशत ब्याज पाउनेछन्। यस्तै संस्थागत मुद्दति निक्षेपमा भने १०.१३ प्रतिशत ब्याज पाइने छ। बैंकले बचतमा ७.१३ देखि ९.१३ प्रतिशत ब्याज दिनेछ। हाल बैंकको आधारदर १०.४९ प्रतिशत रहेको छ। बैंकबाट कर्जा लिँदा आधारदमा ६ ६.६० प्रतिशत प्रिमियम थपिने छ।

नेपाल इन्भेष्टमेण्ट बैैंक
नेपाल इन्भेष्टमेण्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ। बैंकले रेमिट मुद्दतिमा १३.१३ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ। बैंकले बचतमा ७.१३ प्रतिशत ब्याज दिने भएको जनाएको छ।

सानिमा बैंक
सानिमा बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ। बैंकले रेमिट मुद्दतिमा भने १३.५१ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ। बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने भएको जनाएको छ।

नबिल बैंक
नबिल बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। असोजमा बैंकको ब्याजदर बढेको छ। नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ। व्यक्तिगत निक्षेपमा ११.०३ देखि १२.१३ प्रतिशत ब्याजदर पुगेको छ। यता रेमिट्यान्स खातामा भने १३.१३ प्रतिशत पुगेको छ। यस्तै संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ। बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ।

बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ भने विप्रेषण निक्षेपमा १३.१३ प्रतिशत ब्याज दिने भएको छ। यस्तै संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ। बैंकले बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ। साउन मसान्तसम्म बैंकको आधारदर १०.०४ प्रतिशत रहेको छ। बैंकले कर्जा दिँदा आधारदरमा ८ प्रतिशत प्रिमियम थपिने छ। बैंकबाट कर्जा लिँदा १८.०४ प्रतिशत ब्याज लाग्ने छ।

मेगा बैंक
मेगा बैंकले असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ। रेमिट्यान्स खातामा १३.१३ प्रतिशत र संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ। बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बैैंकबाट ऋण लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियर जोडिने छ। अहिले बैंकको आधारदर १०.१९ प्रतिशत रहेको छ। बैंकबाट कर्जा लिँदा १७.१९ प्रतिशतसम्म ब्याज लाग्ने छ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले असोज महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ। रेमिट्यान्स मुद्दति निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ। तीन महिना वा सो भन्दा बढी अवधिका लागि यस्तो निक्षेपमा १३.५० प्रतिशत ब्याज दिने जनाएको छ। बचततर्फ ७.१३ देखि ८.१३ प्रतिशतसम्म ब्याज पाइने छ। बैंकको साउन मसान्तसम्मको आधार दर ८.९२ प्रतिशत रहेको छ। 

सेञ्चुरी बैंक
सेञ्चुरी बैंकको ब्याजदर पनि बढेको छ। बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ। रेमिट्यान्स खातामा १४.१३ प्रतिशत पुगेको छ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर बढेको छ। नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ।

हिमालयन बैंक
हिमालयन बैंकले असोज महिनाका सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.६३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ।

सिभिल बैंक
सिभिल बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। असोजमा व्यत्तिगत मुद्दती निक्षेपमा १०.१३ देखि १२.१३ प्रतिशत ब्याज पाइने छ। यस्तै संस्थागततर्फ १०.१३ प्रतिशत ब्याज रहेको छ भने विप्रषण मुद्दति निक्षेपमा १३.१३ प्रतिशत ब्याज रहेको छ। बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ। बैंकको आधारदर हाल १०.७३ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ। बैंकबाट कर्जा लिँदा १७.७३ प्रतिशत ब्याज लाग्नेछ।
 
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले असोज महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ। यस्तै संस्थागततर्फ १०.१३ र रेमिट्यान्स मुद्दती निक्षेपमा १०.१३ प्रतिशत ब्याज पाइने छ। यस्तै बचतमा ७.१३ प्रतिशत देखि ८.१३ प्रतिशतसम्म ब्याज पाइने छ।

एनसीसी बैंक
एनसीसी बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने छ। संस्थागततर्फ भने १०.१३ प्रतिशत ब्याज रहेको छ। बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने जनाएको छ।

प्राइम बैंक
प्राइम बैंकले बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ। रेमिट्यान्स खातामा १४.१३ प्रतिशत पुगेको छ । यस्तै संस्थागत निक्षेपतर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ। बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ।

एनएमबी बैंक
एनएमबि बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ। यस्तै संस्थागत तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने भएको हो।
बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज पाइने छ 

प्रकाशित मिति: : 2022-09-18 17:00:00

प्रतिकृया दिनुहोस्